- Loading...
रास्वपा समानुपातिक बन्दसूची : सुदूरपश्चिमका ८ जिल्लाबाट छैनन् उम्मेदवार

- युगिन आवाज
- २ महिना अघि
- ९२ पटक पढिएको
प्रतिनिधिसभा समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिम प्रदेशका ८ जिल्लाबाट एकजना पनि उम्मेदवार राखिएको छैन ।
सुदूरपश्चिम प्रदेशका ९ मध्ये कञ्चनपुरबाट रास्वपाको समानुपातिक सूचीमा २ जनालाई बन्दसूचीमा राखिएको छ ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिक बन्दसूचीमा कञ्चनपुरबाट खसआर्य महिलाको पहिलो नम्बरमा प्रतिभा रावल र थारु पुरुष क्लस्टरबाट कञ्चनपुरकै सोमप्रसाद चौधरीलाई उम्मेदवार बनाइएको छ ।
सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीबाट एकजनालाई पनि रास्वपाले समानुपातिकको बन्दसूचीमा राखेको छैन । दार्चुला, डोटी, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा र बैतडीबाट पनि रास्वपाको समानुपातिक बन्दसूचीमा परेका छैनन ।
यसअघि २०७९ को प्रतिनिधिसभामा रास्वपाले २१ सिट जित्दा पनि सुदूरपश्चिमका एकजना पनि सांसद थिएनन । यसपटक समानुपातिकमा सुदूरपश्चिमका ९ मध्ये ८ जिल्लाबाट एउटा पनि समानुपातिक सूचीमा सिफारिस गरिएको छैन ।कान्तिपुर
सामाजिक सञ्जाल तिर










