FLASH NEWS
  • Loading...

दाउन्नेको सडक सञ्चालनमा, गाडीको चापले जाम उस्तै

  • युगिन आवाज
  • २ महिना अघि
  • ८८ पटक पढिएको
Post Thumbnail

शीतलहरका कारण प्रभावित भएको पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक सञ्चालनमा आए पनि जाम लागेको छ ।

सामाजिक सञ्जाल तिर

सडकमा सवारी साधनको चाप बढी भएको र सीमित गतिका कारण जाम लागेको हो । पालैपालो गरेर दुवैतर्फी सडक सञ्चालन गरिएको छ । तर, त्यस क्षेत्रको बतासेडाँडा, सुख्खा खोला र बाँसखोलामा सडक खराब भएकोले गाडी पास हुन समय लागेको छ ।

 

दाउन्ने क्षेत्रमा सडक निर्माणाधीन अवस्थामा छ । यसैबेला शीत परेपछि चिप्लो हुँदा ठूला गाडीहरू पास हुन समस्या भएको प्रहरीले जनाएको छ ।

मौसममा सुधार नहुँदासम्म यो क्षेत्रमा सवारी आवागमन प्रभावित भइरहने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्नसमेत सुझाइएको छ ।अनलाइनबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित